साप्ताहिक संवाददाता
पछिल्ला केहि वर्ष यताको नेपाली सिने उद्योगको रिपोर्ट हेर्ने हो भने थुप्रै निर्माताहरु डुबेका छन् । चलचित्रमा गरेको लगानी उठाउन नसकेपछि कयौं निर्माताहरु सिने उद्योगबाट पलायन समेत भएको छन् । तर, चलचित्र निर्माता रोहित अधिकारी भने यहि समय चलचित्र उद्योगमा आएका एक भाग्यमानी निर्माता हुन् ।
उनको लगानीमा बनेको पहिलो चलचित्र ‘गाजलु’नै नेपाली दर्शक माझ लोकप्रिय चलचित्र बनेको थियो । धेरैले चलचित्र ‘गाजलु’ हिट भएपछि रोहितले तुरुन्तै चलचित्र निर्माण गर्ने अनुमान गरेका थिए । तर, चलचित्र पढेर चलचित्र निर्माणमा लागेका अधिकारी केहि वर्ष चुपचाप बसे । त्यसपछि उनले दीपकराज गिरी र दीपाश्री निरौंलासँग मिलेर अर्को चलचित्र निर्माण गरे ।
दिपकराज गिरी र उनको टिमलाईनै लिएर रोहितले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ ब्लकबस्टर भयो । गत दसैंको अवसर पारी प्रदर्शन सुरु भएको यो चलचित्र हाल पनि देशका विभिन्न हलहरुमा प्रदर्शन भैरहेका छन् । यो चलचित्र प्रदर्शनको ५१ दिन मनाउने तयारीमा छ ।
३ दशकको कलिलो उमेरमै चलचित्रमा निर्माणमा होमिएर सफल भएका अधिकारीको अहिले सिने बजारमा निक्कै चर्चा छ । धेरैले उनलाई भाग्यमानी निर्माता भन्न थालेका छन् । उनै सफल निर्माता रोहित अधिकारीले निर्देशक दिनेश राउतलाई लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरिसकेका छनद् ।