साप्ताहिक संवाददाता
मंसिर १२, २०७६
डान्स लभरहरूका लागि भोलिको दिन विशेष बन्न सक्छ । रेन इज फन, डान्स इज फर डेभलपमेन्ट भन्ने नारालाई प्रोत्साहन गर्दै रोट्रयाक क्लब अफ जावलाखेलले नोभेम्बर रेन डान्स पार्टीको आयोजना गरेको हो । नाचमा झुम्मिने तथा रमाउनेहरूले ललितपुरस्थित क्लिफ रेष्ट्रो एन्ड बारमा गई डान्स पार्टीको रमाइलो लिन सक्नेछन् ।
आयोजकले उक्त इभेन्टमा सहभागिता जनाउनका लागि ३ सय रुपैयाँ शुल्क तोकेको छ, जसमा ड्रिंक्सको व्यवस्थासमेत रहेको छ । त्यस्तै पार्टीमा विभिन्न रमाइला खेल पनि समावेश गरिएको छ । खेलका विजेताहरूले आकर्षक गिफ्ट पनि जित्न सक्नेछन् । पार्टी साँझ ५ बजे सुरु हुनेछ ।