साप्ताहिक संवाददाता
कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को गत शनिबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नवराज कुँवरले जित हासिल गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका प्रत्याशीद्वय सुनैना घिमिरे पाण्डे प्यानल र नवराज कुँवर प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।
कार्यसमितिमा कुँवर प्यानलबाट २१ र पाण्डे प्यानलबाट १८ जना निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्षले आगामी दुई वर्षका लागि क्यानको नयाँ नेतृत्व गर्नेछन् ।
निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् । त्यस्तै संस्थागत समूहतर्फ अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए । संस्थागत महिलातर्फ यसअघि नै शर्मिला भुजेल, सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए ।
व्यक्तिगत आजीवन सदस्यतर्फ हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए । व्यक्तिगत साधारण समूहमा खुशल रेग्मी, रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल र श्रीधर मरासिनी विजयी भएका छन् । व्यक्तिगत महिलातर्फ सुष्मा शर्मा, गुणकेशरी प्रधान र रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।