साप्ताहिक संवाददाता
पहिलो साफ गेम
नेपालले सन् १९८४ मा पहिलो साफ गेम काठमाडौंमा आयोजना गर्यो । उक्त प्रतियोगिता सेप्टेम्बर १७ देखि २३ तारिखसम्म सञ्चालन गरिएको थियो, जसमा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन खेललाई स्थान दिइएको थियो । यो प्रतियोगितामा भारतले ४४ स्वर्ण, २ रजत, १६ कांस्य पदकसहित कुल ८८ पदक जितेर पहिलो स्थान हासिल गरेको थियो । आयोजक नेपालले ४ स्वर्ण, १२ रजत, ८ कांस्यसहित कुल २४ पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गरेको थियो ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ४४ २८ १६ ८८
२ श्रीलंका ७ ११ १९ ३७
३ पाकिस्तान ५ ३ २ १०
४ नेपाल ४ १२ ८ २४
५ बंगलादेश २ ८ १३ २३
६ भुटान ० ० २ २
७ माल्दिभ्स ० ० १ १
जम्मा ७ देश ६२ ६२ ६१ १८५
दोस्रो साफ गेम
सन् १९८५ मा बंगलादेशको ढाकामा दोस्रो साफ गेम आयोजना भयो । डिसेम्बर २० देखि २७ सम्म सञ्चालन भएको उक्त गेममा ७ किसिमका खेल भएको थियो, जसमा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी, भारोत्तोलन, कबड्डी तथा रेस्लिङ थियो । कबड्डी र रेस्लिङ दोस्रो साफमा थपिएका खेलहरू थिए । दोस्रो साफमा पनि पहिलो वर्षको जस्तै भारत विजेता बन्यो । भारतले ६१ स्वर्ण, ३२ रजत, १४ कांस्य गरी १ सय ७ वटा पदक जितेको थियो । यो प्रतियोगितामा आयोजक बंगलादेश कुल ६४ वटा पदक जितेर तेस्रो बन्यो । नेपाल १ स्वर्ण, ९ रजत तथा २२ कांस्य पदक जितेर पाँचौं भएको थियो ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ६१ ३२ १४ १०७
२ पाकिस्तान २१ २६ १२ ५९
३ बंगलादेश ९ १७ ३८ ६४
४ श्रीलंबका २ ७ ९ १८
५ नेपाल १ ९ २२ ३२
६ भुटान ० ० ४ ४
७ माल्दिभ्स ० ० ० ०
जम्मा ७ देश ९४ ९१ ९९ २८४
तेस्रो साफ गेम
भारतले तेस्रो साफ गेम सन् १९८७ मा कोलकातामा आयोजना गर्यो । नोभेम्बर २० देखि २७ सम्म भएको प्रतियोगितामा १० प्रकारका खेल आयोजना भएको थियो । उक्त प्रतियोगितामा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी, भारोत्तोलन, कबड्डी, रेस्लिङ, जस्ता पुराना खेलहरू दोहोरिएका थिए भने भलिबल, बास्केटबल तथा टेबल टेनिस गरी ३ वटा नयाँ खेलले पहिलो सहभागिता जनाएका थिए । तेस्रो साफमा पनि भारतले आफ्नो पहिलेदेखिको दबदबा कायम नै राख्यो । भारतले यो प्रतियोगितामा ४३ प्रतिशत पदक आफ्नो घरमा राख्यो, जसमा ९१ स्वर्ण, ४५ रजत तथा १९ कांस्य गरी कुल १ सय ५५ पदक जितेको थियो । तेस्रो साफमा पनि नेपाल पाँचौं स्थानमा रह्यो । नेपालले यो प्रतियोगितामा २ स्वर्ण, ७ रजत तथा ३३ कांस्य गरी कुल ४२ वटा पदक जितेको थियो ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ९१ ४५ १९ १५५
२ पाकिस्तान १६ ३९ १४ ६९
३ श्रीलंका ४ ७ २३ ३४
४ बंगलादेश ३ २० ३१ ५४
५ नेपाल २ ७ ३३ ४२
६ भुटान ० १ ५ ६
७ माल्दिभ्स ० ० ० ०
जम्मा ७ देश ११६ ११९ १२५ ३६०
चौथो साफ गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ६१ ४३ २० १२४
२ पाकिस्तान ४५ ३३ ४२ १२०
३ श्रीलंका ६ १० २१ ३७
४ बंगलादेश १ १२ २४ ३७
५ नेपाल १ १० २१ ३२
६ भुटान ० ० ३ ३
७ माल्दिभ्स ० ० ० ०
जम्मा ७ देश ११४ १०८ १३१ ३५३
सन् १९८९ मा पाकिस्तानले इस्लामावादमा चौथो साफ गेमको आयोजना गर्यो । उक्त प्रतियोगिता अक्टोबर २० देखि २७ सम्म भएको थियो । यो प्रतियोगितामा पनि १० वटा खेल भएका थिए, जसमा बास्केटबलको ठाउँमा स्क्वासले स्थान पाएको थियो भने अरु पहिलाकै खेलहरू खेलाइएको थियो । चौथो साफमा कबड्डी खेल पनि सर्कल स्टाइलमा खेलाइएको थियो । इस्लामावादमा पनि भारतनै हाबी भयो । ६१ स्वर्ण, ४३ रजत, २० कांस्य गरी कुल १२४ वटा पदक जित्दै भारत विजयी बन्यो । पाँचांै साफसम्म आइपुग्दा पनि नेपालले आफ्नो खेलमा सुधार गर्न भने सकेन । यो प्रतियोगितामा पनि नेपाल पाँचौं स्थानमा नै सीमित रह्यो, जसमा नेपालले १ स्वर्ण, १० रजत र २१ कांस्य गरी जम्मा ३२ पदक जितेको थियो ।
पाँचौं साफ गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ६४ ५९ ४१ १६४
२ श्रीलंका ४४ ३४ ४० ११८
३ पाकिस्तान २८ ३२ २५ ८५
४ बंगलादेश ४ ८ २८ ४०
५ नेपाल २ ८ २९ ३९
६ माल्दिभ्स ० १ ० १
७ भुटान ० ० ० ०
जम्मा ७ देश १४२ १४२ १६३ ४४७
श्रीलंकाको कोलम्बो सहरले सन् १९९१ मा पाँचांै साफ गेम भयो । डिसेम्बर २२ देखि ३१ सम्म भएको प्रतियोगितामा १० खेल आयोजना गरिएको थियो । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, पौडी, भारोत्तोलन, टेबल टेनिस, भलिबल जस्ता खेलले निरन्तरता पाएको थियो भने टेनिस तथा सुटिङ गरी २ खेल थपिएका थिए । पाँचौं साफमा पनि भारत नै विजेता बन्यो । खेलमा भारतले ६४ स्वर्ण, ५९ रजत, ४१ कांस्य गरी कुल १ सय ६४ वटा पदक जित्यो । प्रतियोगितामा आयोजक श्रीलंका दोस्रो भयो भने नेपालले आफ्नो पहिलेको स्थानलाई कायम राख्दै पाँचौं भयो । उक्त खेलमा नेपालले २ स्वर्ण, ८ रजत, २९ कांस्य गरी जम्मा ३९ वटा पदक मात्र हात पार्यो ।
छैटौं साफ गेम सन् १९९३ मा बंगलादेशको ढाकामा छैटौं साफ गेम भयो । डिसेम्बर २० देखि २७ सम्म भएको प्रतियोगितामा ११ वटा खेल भएका थिए । यो प्रतियोगितामा जुडो नयाँ खेलका रूपमा थपिएको थियो भने अरू पुरानै खेलहरू खेलाइएको थियो । कुल १ सय ३७ पदक जित्दै भारतले छैटांै साफमा पनि आफ्नो शिर्ष स्थानलाई कायमनै राख्यो । जसमा ६० स्वर्ण, ४६ रजत तथा ३१ कांस्य पदक रहेको थियो । खेलमा खराब प्रदर्शनका कारण आयोजक बंगलादेश चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो भने नेपाल पाँचौं स्थानमा रह्यो । छैटौं साफमा नेपालले १ स्वर्ण, ६ रजत , १५ कांस्य गरी कुल २२ पदक मात्र हात पार्यो । प्रतियोगितामा माल्दिभ्स र भुटानले पनि कुनै पनि पदक जित्न सकेनन् ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ६० ४६ ३१ १३७
२ पाकिस्तान २३ २२ २० ६५
३ श्रीलंका २० २२ ३९ ८१
४ बंगलादेश ११ १९ ३२ ६२
५ नेपाल १ ६ १५ २२
६ माल्दिभ्स ० ० ० ०
७ भुटान ० ० ० ०
जम्मा ७ देश ११५ ११५ १३७ ३६७
सातौं साफ गेम
भारतले सन् १९९५ मा मद्रासमा सातौं साफ गेमको आयोजना गर्यो । उक्त प्रतियोगिता १८ डिसेम्बरदेखि २७ सम्म सञ्चालनमा आएको थियो, जसमा १४ वटा खेल भएको थियो । फिल्ड हक्की खेललाई भारतले नयाँ खेलका रूपमा थपेको थियो । यो प्रतियोगितामा पनि अरू देशभन्दा भारत नै अगाडि आयो । भारतले १ सय ६६ स्वर्ण, ६० रजत, १९ गरी कुल २ सय ४५ पदक हात पार्यो । सातौं साफमा पनि नेपाले राम्रो खेल खेल्न सकेन् । कुल २८ पदक जित्दै नेपाल पाँचौं स्थानमै सीमित रह्यो । जसमा ४ स्वर्ण, ८ रजत तथा १६ कांस्य पदक थिए ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत १६६ ६० १९ २४५
२ श्रीलंका १६ २५ ५३ ९४
३ पाकिस्तान १० ३३ ३६ ७९
४ बंगलादेश ७ १७ ३४ ५८
५ नेपाल ४ ८ १६ २८
६ भुटान ० ० २ २
७ माल्दिभ्स ० ० १ १
जम्मा ७ देश २०३ १४३ १६१ ५०७
आठौं साफ गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत १०२ ५८ ३७ १९७
२ नेपाल ३२ १० २४ ६६
३ श्रीलंका १६ ४२ ६२ १२०
४ पाकिस्तान १० ३६ ३० ७६
५ बंगलादेश २ १० ३५ ४७
६ भुटान १ ६ ७ १४
७ माल्दिभ्स् ० ० ४ ४
जम्मा ७ देश १६३ १६२ १९९ ५२४
नेपालले पुन: सन् १९९९ मा काठमाडौंमा साफ गेमको आयोजना गर्यो । सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म भएको प्रतियोगितामा १२ खेलहरू खेलाइएको थियो, जसमा तेक्वान्दो र कराँते नयाँ खेल थिए भने बाँकी पुरानै थिए । यो साफमा नेपालले आफ्नो होम ग्राउन्डको फाइदा उठाउँदै राम्रो प्रदर्शन गरेर पदक तालिकामा दोस्रो भयो भने भारतले शीर्ष स्थान नै हासिल गर्यो । पहिलो भएको भारतले १ सय २ स्वर्ण, ५८ रजत, ३७ कांस्य गरी कुल १ सय ९७ पदक जित्यो भने नेपालले ३२ स्वर्ण, १० रजत, २४ कांस्य गरी जम्मा ६६ वटा पदक हात पार्यो ।
नवौं साफ गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत १०३ ५७ ३२ १९२
२ पाकिस्तान ३८ ५५ ५० १४३
३ श्रीलंका १७ ३२ ५७ १०६
४ नेपाल ७ ६ २० ३३
५ बंगलादेश ३ १३ २४ ४०
६ अफगानिस्तान १ ३ २८ ३२
७ भुटान १ ३ २ ६
८ माल्दिभ्स ० ० ० ०
जम्मा ८ देश १७० १६९ २१३ ५५२
सन २००४ मा पाकिस्तानको इस्लामावादमा नवौं साफ गेमको आयोजना भयो । मार्च २९ देखि अप्रिल ७ सम्म भएको प्रतियोगितामा अफगानिस्तानले पनि सहभागिता जनाएपछि साफ गेम खेल्ने देशको संख्या ८ पुगेको थियो । उक्त प्रतियोगितामा भारतले पहिलो स्थान हासिल गरेको थियो भने पाकिस्तान दोस्रो स्थानमा आएको थियो । त्यस्तै नेपालको स्तर खस्केर चौथो स्थानमा झरेको थियो भने पहिलो सहभागिता जनाएको अफगानिस्तान छैटांै भएको थियो ।
दसौं साग गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ११८ ५९ ३७ २१४
२ पाकिस्तान ४६ ७१ ६७ १८४
३ श्रीलंका ३७ ६३ ७८ १७८
४ नेपाल १५ १४ ३१ ६०
५ अफगानिस्तान ६ ७ १८ ३१
६ बंगलादेश ३ १५ ३२ ५०
७ भुटान ० ३ १० १३
८ माल्दिभ्स ० ० ० ०
जम्मा ८ देश २२५ २३२ २७३ ७३०
१० औं साग गेम सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको थियो । यही प्रतियोगिताबाट साफ गेमलाई सागको नाममा रूपान्तरण पनि गरियो । अगस्ट १८ देखि २८ सम्म भएको प्रतियोगितामा २० खेलहरू सञ्चालन भएको थियो । दसांै सागमा पनि भारत २ सय १४ पदक जितेर पहिलो भयो भने १ सय ८४ पदक जितेर पाकिस्तान नै दोस्रो भयो । यो प्रतियोगितामा नेपालले कुल ६० पदक जितेर चौथो भयो ।
११ औं साग गेम
सन् २०१० मा बंगलादेशको ढाकामा ११ औं साग गेम सम्पन्न भयो । २९ जनावरीदेखि फेब्रुअरी ९ सम्म भएको प्रतियोगितामा २३ खेल खेलाइएको थियो । जसमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, पौडी, भारोत्तोलन, टेबल टेनिस, भलिबल, टेनिस, सुटिङ, आर्चरी, ब्याडमिन्टन, क्रिकेट, साइकलिङ, कराँते, जुडो, गल्फ, उसु, तेक्वान्दो, कबड्डी, ह्यान्डबल, हक्की, स्वास जस्ता प्रतियोगिता थिए । ढाकामा पनि भारत नै विजेता बन्यो भने पाकिस्तान दोस्रो भयो । उक्त प्रतियोगितामा आयोजक बंगलादेश तेस्रो भएको थियो भने नेपाल पाँचौं स्थानमा नै कायम रह्यो ।
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत ९० ५५ ३० १७५
२ पाकिस्तान १९ २५ ३६ ८०
३ बंगलादेश १८ २३ ५६ ९७
४ श्रीलंका १६ ३५ ५४ १०५
५ नेपाल ८ ९ १९ ३६
६ अफगानिस्तान ७ ९ १६ ३२
७ भुटान ० २ ३ ५
८ माल्दिभ्स ० ० २ २
जम्मा ८ देश १५८ १५८ २१६ ५३२
११ औं साग गेम सन् २०१० मा बंगलादेशको ढाकामा ११ औं साग गेम सम्पन्न भयो । २९ जनावरीदेखि फेब्रुअरी ९ सम्म भएको प्रतियोगितामा २३ खेल खेलाइएको थियो । जसमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, पौडी, भारोत्तोलन, टेबल टेनिस, भलिबल, टेनिस, सुटिङ, आर्चरी, ब्याडमिन्टन, क्रिकेट, साइकलिङ, कराँते, जुडो, गल्फ, उसु, तेक्वान्दो, कबड्डी, ह्यान्डबल, हक्की, स्वास जस्ता प्रतियोगिता थिए । ढाकामा पनि भारत नै विजेता बन्यो भने पाकिस्तान दोस्रो भयो । उक्त प्रतियोगितामा आयोजक बंगलादेश तेस्रो भएको थियो भने नेपाल पाँचौं स्थानमा नै कायम रह्यो ।
१२ औं साग गेम
स्थान देश स्वर्ण रजत कांस्य कुल
१ भारत १८८ ९० ३० ३०८
२ श्रीलंका २५ ६३ ९८ १८६
३ पाकिस्तान १२ ३७ ५७ १०६
४ अफगानिस्तान ७ ९ १९ ३५
५ बंगलादेश ४ १५ ५६ ७५
६ नेपाल ३ २३ ३४ ६०
७ माल्दिभ्स ० २ १ ३
८ भुटान ० १ १५ १६
जम्मा ८ देश २३९ २४० ३१० ७८९
१२ औं साग गेमको आयोजना भारतले सन् २०१६ मा गर्यो । गुहाहटी र सिलोङमा ५ फेब्रुअरीदेखि १६ फेब्रुअरीसम्म भएको उक्त प्रतियोगितामा २२ खेल भएका थिए । १२ औं सागमा पनि भारत सधैं झै पहिलो बन्यो भने श्रीलंका दोस्रो भयो । प्रतियोगितामा भारतले ३ सय ८ पदक जित्यो भने श्रीलंकाले १ सय ८६ वटा पदक हात पार्यो । सधैं मध्यम स्तरको प्रदर्शन गर्दै आएको नेपालले यो प्रतियोगितामा झन् १ स्थान तल झरेर छैटौं स्थानमा पुग्यो । यो प्रतियोगितामा नेपालले ३ स्वर्ण, २३ रजत, ३४ कांस्य गरी कुल ६० पदक जितेको थियो ।