साप्ताहिक संवाददाता
मंसिर १६, २०७६
सुमन केसीको स्वर आधुनिक शैलीको नयाँ गीत ‘म रोएको पल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । डीपी दहाल परिश्रमीको शब्द तथा राजेश कैदीको संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोलाई कमल राई निर्देशन गरेका हुन् ।
मन मिल्दा संगै बाँच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिलेपछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ ।
शिव ढकालद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराज तथा अभिनेत्री फिजा योञ्जनले अभिनय गरेका छन् । एसराज र फिजाद्वारा अभिनित चलचित्र ‘लभ यू हमेशा’ अहिले प्रदर्शनको क्रममा छ । भिडियो सुदीप भट्टराईले पनि अभिनय गरेका छन् ।
रोएको पलको म्यूजिक भिडियो :