साप्ताहिक संवाददाता
मंसिर १६, २०७६
टायर निर्माता कम्पनी पिरेलीले फाइभ जी प्रविधिबाट चल्ने साइबर टायर निर्माण गरेको छ । यसले आफूभन्दा पहिले भएको सडकको अवस्था थाहा पाउन सहयोग गर्छ । पिरेली यस प्रकारको टायर बनाउने पहिलो कम्पनी बनेको छ । यस प्रकारको सेन्सरले बाटोमा जम्मा भएको पानीबाट हुने खतराका बारेमा जानकारी दिन्छ ।
यसलाई कारमेकर्स, फ्लीट र ड्राइभरलाई सुविधा दिनका लागि तयार पारिएको कम्पनीले दाबी गरेको छ । आउने समयमा कारमा यात्रा गर्न सहज हुने विश्वास कम्पनीले लिएको छ ।
पिरेलीको साइबर टायरमा धेरै सेन्सर जडान गरिएको छ । सो टायरले आउने समयमा टायरको मोडल, बाटोमा हुने खतरा, खराब ग्रिप, बाटोमा जम्मा भएको पानीबाट हुन सक्ने दुर्घटनाका बारेमा पनि अवगत गराउने कम्पनीले बताएको छ ।