साप्ताहिक संवाददाता
मंसिर १६, २०७६
हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियाले पुन: एकपटक भारतमा बढिरहेको प्रदूषण तथा क्लाइमेट चेञ्जको मुद्दाप्रति चिन्ता व्यक्त गरेका छन् । लियोनार्दोले आफ्नो इन्स्टाग्राममा पछिल्ला दिनहरूमा भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणप्रति इन्डिया गेटमा भएको विरोध प्रदर्शनका केही तस्बिरहरू सेयर गरेका थिए ।
साथै उनले प्रदूषणका लागि भारत सरकारद्वारा गरिएका कतिपय निर्णयहरू गलत भन्दै एउटा नोटसमेत लेखेका छन् । लियोनार्दोले आफ्नो पोस्टमा विश्व स्वास्थ्य संगठनको एउटा एउटा रिपोर्टमा आधारित हुँदै भारतमा १५ लाख मानिसको मृत्युको कारण प्रदूषण भएको समेत उल्लेख गरेका छन् । लियोनार्दो चार वर्षअघि भारतको भ्रमणमा आएका थिए । त्यो बेला उनले आफ्नो वृत्तचित्र बियोन्ड द फ्लडका केही दृश्यहरू छायांकन गराएका थिए ।