बुटवलमा गुगल फुडल्यान्ड

- साप्ताहिक संवाददाता

मंसिर १६, २०७६

बुटवलको मिलन चोकमा खुलेको ‘गुगल फुडल्यान्ड’ पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य सावित हुँदै गएको छ । व्यस्त औद्योगिक शहर बुटवलको मिलन चोकमा अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवा सुविधाले सु–सम्पन्न गुगल फुडल्यान्ड स्वेदेशी तथा विदेशीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको छ ।

लामो समयदेखि रेस्टुराँमा सेफको काम गर्दै आएका अनुभवी सेफहरूले स्वाद र हाइजिनलाई ध्यानमा राखेर तयार पारेको नेपाली इन्डियन, इटालियन कन्टिनेन्टल पाइने गुगल फुडल्यान्डमा अन्तर्राष्ट्रिय स्तरका ड्रिंक्सका साथमा ककटेलसमेत उपलब्ध हुन्छन् ।

अहिले सञ्चालनमा रहेका अन्य रेस्टुराँको तुलनामा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुराँ स्थापना गरेको जानकारी दिँदै गुगल फुडल्यान्डका सञ्चालक राजु भन्छन्, ‘हाम्रो रेस्टुराँमा फरक–फरक स्वादका परिकार उपलब्ध छन् । ग्राहकको स्वादलाइ ध्यानमा राखेर सेवा–सुविधा प्रदान गर्छौं ।’

प्रकाशित :मंसिर १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×