साप्ताहिक संवाददाता
मंसिर १७, २०७६
निर्माणको क्रममा रहेको नेपाली कथानक चलचित्र चपली हाइट–३’मा अभिनेता अर्पण थापा भित्रिएका छन् । चलचित्रको शिर्ष भूमिकाका लागि अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठ यस अघिनै फाईनल भैसकेका छन् । यि कलाकारसँग अब अर्पण थापा पनि शिर्ष भूमिकामा देखिने भएका हुन् ।
चलचित्रमा अर्पणको इन्ट्रिसँगै चलचित्र यूनिटले उनको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेको छ । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ आगामी चैत २८ गते रिलिजको प्रचार सहित निर्माणको क्रममा छ ।
निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो । चलचित्र सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको निर्माण टिमले जनाएको छ ।