साप्ताहिक संवाददाता
यो वर्षकै सफल चलचित्र ‘छ माया छपक्कै’अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदार घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र गत मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स–परिवारको साथमा हेर्न सक्नेछन ।
डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने ‘पे पर भ्यु’सुविधा उपलब्ध गराइरहेको छ । ‘पे पर भ्यु’ सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।
हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्षकै हिट चलचित्र हो ।