एउटै स्टेजमा शिव, राजेश र भुवन

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७६

 

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सहआयोजनामा सानफ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ । नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका प्रसिद्ध कलाका र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी कलाकार र एक हजारको हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो ।

आफ्नो नाम,  शान र पहिचान बोकेर नेपाली सिनेमा गाउदेखि विश्वसम्म भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु,  गायक, गायिका तथा संगीतकारको योगदानलाई विशिष्ट ब्यक्तीत्वहरुमाझमा सम्मान गरिएको थियो । कार्यक्रममा चलचित्र शिरोमणी लाइफ टाइम  अवार्डको सम्मानबाट निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो । त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मानबाट भुवन केसी, दशकका महानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थियो । संगीत महरथीसम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित हुनु भएको थियो भने श्रीराम केशर बोगटी स्मृति सम्मानबाट नायक रबिन्द्र खड्का सम्मनित हुनु भएको थियो । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानित हुनु भएको थियो भने फिल्म अफ दि इअरबाट छक्का पन्जा–३ चलचित्र सम्मानित भएको थियो ।

स्टार अफ दि इएर  अवार्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भए भने स्टार अफ दि इएर  अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ सम्मनित हुनु भएको छ । सर्पोटिभ एक्टर अफ दि इयरको अवार्डबाट विक्रान्त बस्नेत सम्मान भए । गायिका अन्जु पन्तलाई वर्षकै उत्कृष्ट गायिकाको अवार्डले सम्मानित गरिएको थियो ।

 

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे सम्मनित भएको थियो । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित हुनु भएको थियो भने निर्देशनतर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्डबाट सम्मनित भए ।

प्रकाशित :मंसिर १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×