सुखको जुनीमा यशराजको अवस्था

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७६

 

यसै साताबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो– लभ यू हमेशा । प्रदर्शन पश्चात खासै चर्चा नभएपनि चलचित्रले राम्रो प्रतिकृया पाइरहेको निर्माण यूनिटले जनाएको छ । यहि चलचित्र भित्र समावेश ‘सुखको जुनी’ बोलको गीत हालै सार्वजनिक गरिएको छ । उदय सोताङले गाएको उक्त गीत भास्कर प्रधानले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार स्वयमकै रहेको छ । 

भास्कर प्रधानको लेखन तथा निर्देशनमा यवन गुरुङले निर्माण गरेकाचलचित्रको सार्वजनिक गीतमा अभिनेता यशराज गराच, गोपाल ढकाल (छन्दे), शिसिर राणा, ऋचा थापा, फिजा योन्जनलगायतका कलाकार फिचर छन् । धर्मा क्रिएसनको ब्यानरमा मिलन गुरुङ सह–निर्माता रहेको चलचित्रको सुटिङ भारतको दार्जिलिङ, कालेबुङदेखि काठमाडौ र फिलिपिन्नसम्म गरिएको छ । शिब ढकालले खिचिको चलचित्रमा यशराज साइक्याट्रिक डाक्टरको भूमिकामा छन् । 

चलचित्रमायशराजका साथमा ऋचा थापा, फिजा योन्जन,निराजन मेहतालगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र भारतका बिभिन्न स्थानमा पनि प्रदर्शन भैरहेको छ । 

UUUU

प्रकाशित :मंसिर १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×