साप्ताहिक संवाददाता
नेपाल आईएडलको पहिलो सिजनबाट लोकप्रिय बनेकी गायिका हुन् – मेनुका पौडेल । नेपाल आईडलको पहिलो सिजनको टप ११ सम्म पुग्न सफल मेनुकाले त्यस यता थुप्रै लोकप्रिय गीतहरु गाईसकेकी छिन् । उनै गायिका मेनुकाको रंग भित्रको उजाड जिन्दगी सार्वजनिक भएको छ । गायिका पौडेलको स्वरमा सार्वजनिक भएको एक गीतमा उक्त भाव प्रस्तुत भएको छ ।
सञ्चारकर्मी दिपेन्द्र घिमिरेले लेखेको ‘रंग भित्रको उजाड जिन्दगीमा’ मेनुका पौडेलले आफ्नो कर्णप्रिय आवाज भरेकी छिन् । सार्वजनिक गीतमा एस.डी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा भने एक रानीको राजासँगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको छ । यो कथामा अभिनेता निराजन प्रधान र अभिनेत्री नीता ढुंगाना जोडीका रुपमा प्रस्तुत भएका छन् । शान थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
गीतको म्यूजिक भिडियो :