साप्ताहिक संवाददाता
मंसिर १८, २०७६
रौनियार समुदायमा केन्द्रित पहिलो संस्करणको मिष्टर एण्ड मिस रौनियार २०१९ अन्तर्गतको प्रतिस्पर्धामा आशिष रौनियार र प्रियंका रौनियारले शीर्ष उपाधिमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।
एमी इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको सो प्रतियोगितामा फस्ट रनर अप तर्फ रोनित रौनियार र जान्वी रौनियार तथा सेकेन्ड रनर अपतर्फ रोहित रौनियार र एन्जल रौनियार विजेता चयन गरिएका थिए ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित ब्लुस्टार इभेन्ट्स भेन्युमा जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।