साप्ताहिक संवाददाता
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ केहि बर्षयता प्रेममा छन् । उनीहरुको सम्बन्ध निकै गहिरो रहेको बुझिन्छ । सोहि कारण नेपालमा मात्रै होइन, नेपाल बाहिर समेत उनीहरु सँगै घुमघामका लागी पुग्ने गरेका छन् ।
हालै सौगात र श्रृष्टी लण्डन पुगेर फर्किए । धेरैले बिहेको कुराकानीका लागी त्यहाँ पुगेको अनुमान गरे । तर, सौगातले भने घुमघामकै लागी पुगेको बताएका छन् ।
गुपचुप प्रेममा रहेका उनीहरुको सम्बन्धको खास कुरो बाहिर आएसँगै खुलेर डेटमा रमाउन थालेका छन् । सौगात र श्रृष्टीको परिवारले समेत फैलिरहेको उनिहरुको प्रेमलाई स्विकार गरिसकेको बताइन्छ ।
पछिल्लो समय उनीहरु दुबै एकसाथ चलचित्रमा समेत काम गर्न थालेका छन् । तर, सौगात–श्रृष्टी अभिनित कुनैपनि चलचित्रले कमाल गर्न सकेका छैनन् ।
दुइबर्षदेखि प्रेममा रहेको यो जोडी डेटमा मात्रै रमाउने हो कि बिहे पनि गर्ने हो ? हालै रामजी ज्ञवालीसँगको गफमा यो प्रश्नको सौगातले सहजै सामना गरे । उनले आफु छिट्टै बिहे गर्न खोजेको संकेत गरेका छन् । सौगातले भने, ‘बिहे गर्ने बेला भएको अनुभव गरेको छु । ठिक समय आएपछि गर्छु ।’ सौगातले परिवारबाट समेत यस विषयमा दबाब आउन थालेको सुनाए । तर, आफुहरु अहिले चलचित्रको काममा असाध्यै व्यस्त रहेकाले केहि फुर्सदिलो समय पाएसँगै बिहेको योजना गर्ने समेत खुलाएका छन् ।