साप्ताहिक संवाददाता
मंसिर १९, २०७६
अभिनेत्री पूजा शर्मा यतिबेला चलचित्र ‘सम्झना बिर्सना’को छायांकनका क्रममा छिन् । यो चलचित्रको छायांकनका लागि चलचित्र निर्माण यूनिट भारतको सिलगुडी पुगेको छ । सिलगुडीमा छायांकन भैरहेको यो चलचित्रमा आफूले निर्वाह गरेको भूमिका दर्साउँने तस्बिरहरु अभिनेत्री पूजा शर्माले सार्वजकिन गरेकी छिन् ।
चलचित्र ‘सम्झना विर्सना’मा अभिनेत्री पूजा शिर्ष कलाकारका रुपमा सम्झना बनेर देखिने छिन् । उनीसँगै अभिनेता आकाश श्रेष्ठ, शिशिर राणा लगायतका कलाकार पनि चलचित्रको शिर्ष भूमिकामा देखिने छन् ।
निमेष प्रधानले निर्देशन गरिरहेको यो चलचित्रमा आदित्य प्रधान र रेविका प्रधानले लगानी गरेका छन् ।