साप्ताहिक संवाददाता
मंसिर १९, २०७६
गुगलले आफ्नो क्लाउड प्रिन्ट सर्भिस बन्द गर्ने योजना बनाएको छ । नाइन टु फाइभ गुगलले आफ्नो रिपोर्टमा गुगलको उक्त सेवा आगामी २०२० डिसेम्बर ३१ पश्चात् बन्द हुने बताएको छ । उक्त दिन अन्तिम प्रिन्ट उपलब्ध हुनेछ र त्यसपछि यसलाई बन्द गरिनेछ ।
गुगल प्रिन्ट सेवाको सहयोगले गुगल क्रोममार्फत वेबमा भएका कन्टेन्टलाई प्रिन्ट गर्न सकिन्छ । त्यसैगरी इन्टरनेट कनेक्सन नभएको अवस्थामा समेत प्रिन्टरले यसलाई सपोर्ट गर्न सक्छ । यसले डेस्कटपका साथै मोबाइललाई पनि सपोर्ट गर्छ ।