साप्ताहिक संवाददाता
अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । यि दुई कलाकाको जोडी भने अभिनेत्री दीपिकाका श्रीमान तथा चलचित्र निर्देशक दिवाकर भट्टराईले बाँधिदिने भएका हुन् । चलचित्र ‘तिमी सँगै हुने’मा यि दुई कलाकार जोडीका रुपमा प्रस्तुत हुने भएका हुन् । यो चलचित्र दिवाकर भट्टराईले निर्देशन गर्दै छन् ।
यो चलचित्र पुसको दोस्रो साताबाट छायांकनमा जाने छ । यो चलचित्रका लागि अभिनेता आर्यन सिग्देलको नाम पनि चर्चामा थियो । दीपिकासँग चलचित्रमा आर्यनले रोमान्स गर्ने खबर सार्वजनिक भएको थियो । तर, अन्तत: पल शाह दीपिकाका जोडीका रुपमा यो चलचित्रमा जोडिएका छन् ।
यो चलचित्रमा दीपिका र पलका साथमा म्यूजिक भिडियोमा लोकप्रियता हासिल गरेका मोडल निराजन प्रधानले पनि अभिनय गर्ने छन् । निराजन पल शाहको साथीका रुपमा यो चलचित्रमा देखिने बताईएको छ । यि दुबै अभिनेताले दीपिकासँग एक म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।