साप्ताहिक संवाददाता
शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘माछा माछा’को राजधानीमा विशेष प्रिमियरको आयोजना गरिएको छ । प्रिमियरमा उक्त चलचित्रका कलाकारहरुसँगै चलचित्र उद्योगमा नाम चलेका कलाकारहरुको समेत उपस्थिती थियो ।
प्रिमियरपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिनेहरुले डेब्यु निर्देशक सुनिल गुरुङको कामलाई प्रशंसा गरेका छन् । चलचित्रको कमेडी पाटोलाई निकै रुचाइएको पाइयो ।
यो चलचित्रका निर्माता समेत रहेका नाम निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले आफुले सोचेको जस्तो चलचित्र देख्न पाएकोमा खुसी व्यक्त गर्दै नव निर्देशक सुनिको कामको तारिफ समेत गरे ।
शहरमा जीवन स्थापित गर्नका लागी तीन गाउँले युवाले गरेको संघर्षमा चलचित्र आधारित छ ।
चलचित्रमा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणी नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र शिवराम श्रेष्ठले खिचेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह–लगानी छ ।