मसिंर २० देखि २६ गतेसम्मको राशिफल 

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर २०, २०७६

 

मंसिर २१ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । मंसिर २४ गते विश्व मानव अधिकार दिवस । 

मेष : 

नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने केही दौडधुप गर्नै पर्ने हुन्छ । आ–आफ्नो स्तर तथा हैसियत मुताविक थप मेहनत गर्दा नै भविष्य सुनिश्चित हुनेछ । विदेश जाने प्रयत्न सफल पार्न केही समय कुर्नुपर्ला । खराब आचरण र संगतबाट टाडै रहँदा आफ्नो कल्याण हुनेछ ।

वृष : 

धैर्यतापूर्वक गरेका कामलाई विशिष्ट व्यक्तिले उच्च मूल्यांकन गरी सेवा गर्ने अवसर दिलाउन सक्ने सम्भावना टरेको छैन । नयाँ कार्य सम्पन्न गर्न तन, मनबाट नै ऊर्जा थपिएको अवस्था छ । सकारात्मक सोचलाई अवसरले साताभरि निरन्तर पिच्छा गर्नेछ । 

मिथुन : 

मनग्ये लगानी गरी थालिएको कामले उल्टो परिणाम दिलाउँदा निराश उत्पन्न हुनसक्छ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ परिस्थिति अनुकूल निर्णय गर्नुहोला । केही समयको अन्तरालमा साथीसँग भेटघटा भई मनोरञ्जनमा सहभागी हुँदा समय तथा स्वास्थप्रति ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ ।

कर्कट : 

तपार्इंको व्यक्तित्व तथा उन्नति देख्नेहरू लोभिनेछन् । झिना मसिना प्राविधिक कारणले रोकिएका कामहरू स्वत: अघि बढ्नेछन् । आफूलाई भित्र–भित्रै मन पराउनेले केही समयको अन्तरपछि परिस्थितिवश स्वत: भावना व्यक्त गर्ने सम्भावना छ । विलाशी तथा महँगा सामग्री खरिद गर्दा होस पुर्‍याउनुहोला ।

सिंह : 

आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन अभिभावकको सहयोग तथा सुझाव अनुशरण गर्नु लाभदायिक  देखिन्छ । शुभकार्यका लागि आवश्यक सामग्री किनमेलमा समय खर्चिनु पर्नेछ । भ्रमणका क्रममा खानपानको असावधानीले स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

कन्या : 

सल्लाह बेगर आफ्नो निर्णयले आर्थिक कारोबार गर्दा अप्ठ्यारो पर्न सक्छ । सामाजिक परोपकार तथा सरसफाइ कार्यमा संलग्न भइनेछ । पहेंला धातु तथा विलाशिताका सरसामान प्रतिमन आकर्षित हुनेछ । अबेरसम्म बाहिरी यात्रा गर्दा स्वास्थप्रति ख्याल गर्नुहोला ।

तुला : 

असहज परिस्थितिबाट उम्कन अपेक्षाभन्दा बढी मेहनत तथा समय दिनुपर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनमा संयमित रहनुनै उपयुक्त हुन्छ । प्रेमी–प्रेमिकाको प्रस्ताव अविस्मरणीय हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्न सकिन्छ 

वृश्चिक : 

आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । हितैषीका नौला प्रस्ताव सुन्दा मन परिवर्तन गर्ने दोहोरो मनस्थितिमा पुगिनेछ । समयमा नै होस पुर्‍याउँदा दुवै जनाको कल्याण हुनेछ । रातो रंगको प्रयोग गर्दा फाप्ने नै छ । स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्नेछ । साताको अन्त्यमा दिगो लगानी गर्न प्रशस्त अवसरहरू पाउँदा उत्साह जाग्नेछ ।

धनु : 

विपन्नहरूलाई सहयोगी भूमिका निर्वाहा गर्दा सामाजिक प्रतिष्ठा आर्जन गरिनेछ । आफूले गरेको कार्य सफल भई प्रेमिकाबाट बधाई पाउँदा अविस्मरणीय क्षण बन्नेछ । आफ्नो परिचय अझ विस्तृत बनाउने अवसर पाइनेछ । उपहारको साथ भेट्न आउनेहरूसँग सावधानी अपनाउनुहोला । बोलिमा थप प्रभाव पार्न सेतो रंग प्रयोग गर्नु लाभदायक हुन्छ ।

मकर : 

अभिभावकको समर्थन बेगर गरिएका सामाजिक नेतृत्वले विवादमा पुर्‍याउने सम्भावना छ । प्रेमिकाले नौलो स्थानहरूमा भ्रमण गर्ने आकस्मिक प्रस्ताव राख्न सक्छिन् भावनाको कदर गर्नुपर्नेछ । रोजगारीमा सफलता प्राप्त हुन नारायणको सेवा गर्नुहोला । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनु आवश्यक छ । साताको अन्त्यमा स्वास्थप्रति ख्याल गर्नुहोला । 

कुम्भ : 

भौतिक साधनको उपयोग गरी अरूलाई आकर्षित गरिनेछ । आफूले मन पराएको साथीको भावना कदर गर्नु उचित हुनेछ । सोतो रंगलाई पछयाउँदा सोचेभन्दा छिटो सफलता प्राप्त हुनेछ । मित्रहरूको वचन परिवर्तनले आर्थिक हैरानी बेहोर्नु पर्ने हुनसक्छ । साताको अन्त्यमा विविध नयाँ स्थानका भ्रमणमा मनोरञ्जन गरिनेछ ।

मीन : 

सरकारी तथा निजी क्षेत्रबाट रोजगारीका अवसरहरू आइलाग्ने सम्भावना छ । काममा अवरोध खडा गर्नेहरू सलबलाउन सक्छन्, गोपनियतामा ध्यान दिनुपर्नेछ । व्यवसायमा उत्तरचढाव आए पनि स्थिर धन आर्जन गर्ने संयोग टरेको छैन । उद्योगधन्दा तथा व्यवसायबाट फाइदा नै हुनेछ । सोमबार पछिका दिनहरूमा थप सफलता प्राप्त हुनेछ ।

 

प्रकाशित :मंसिर २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×