साप्ताहिक संवाददाता
चलचित्र ‘कविर सिंह’मा आफ्नो शानदार अभिनयसँगै कियारा आडबाणीको लोकप्रियता निकै चुलियो । उक्त चलचित्रको सफलतासँगै उनको लोकप्रियता शानदार किसिमले बढ्यो । पछिल्लो समय बलिउडमा प्रवेश गरेका अभिनेत्रीहरुको सुचीमा कियाराको चर्चा सबैभन्दा धेरै हुने गरेको छ ।
उनै अभिनेत्री अहिले अक्षयकुमार अभिनित चलचित्र ‘गुड न्युज’मा समेत देखिदैछिन् । यो चलचित्र प्रदर्शन हुने समय नजिकिएसँगै उनी प्रचार–प्रसारमा समेत व्यस्त छिन् ।
चलचित्रमा आउनुअघि कियारा के गर्थिन् ? धेरैका लागी कौतुहलताको विषय हुन सक्छ । हालै एक मिडियामा उनले आफु चलचित्रमा आउनुअघिको रमाइलो विषयको खुलासा गरेकी छिन् ।
उनका अनुसार आमाको स्कुल थियो । प्री–स्कुलमा बेबी सिटरका रुपमा उनले काम गर्थिन् । म बिहान ८ बजे त्यहाँ पुग्थे । बच्चाबच्चीको रेखदेख गर्थें, उनले भनिन्, ‘त्यो बेला र त्यतिबेलाको रमाइलो समय मैले कहिल्यै बिर्सन्न ।’
यो चलचित्रपछि कियारालाई ‘इन्दु की जवानी’मा समेत देखिनेछ । यो चलचित्र अर्को बर्ष प्रदर्शन हुनेछ । त्यस्तै उनले काम गरेको अर्को एउटा चलचित्र समेत अहिले निर्माण भैरहेको छ । अहिले बलिउडमा कियाराले काम गर्न चाहानेहो भने चलचित्रको कुनै कमी छैन । केहि समयअघि एक मिडियासँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘चलचित्रको स्क्रिप्ट र त्यो चलचित्र बनाउने टिम मन नपरेसँग मैले साइन गर्दिन ।’