साप्ताहिक संवाददाता
मंसिर २२, २०७६
राम लिम्बूले ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको शिर्ष उपाधि जितेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् । उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् । राम टिम प्रमोदबाट हुन् ।
काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए । ‘भ्वाइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए । उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए ।