साप्ताहिक संवाददाता
अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् । आफुले पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको बताए । ‘हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ’ उनले भने ।
हालै ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए । ‘हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुदैनौँ, जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ’ उनले भने ‘यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मदत गर्छ ।’ उनले आफु यसमा सहभागी हुनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए । ‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ’ उनले भने ।
दयासँगै यसको ब्राण्ड प्रवर्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् । यस टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चल लामा, रोमन राई रहेका छन् । प्रतिरक्षा प्रणाली बलियो बनाउने, रक्तचाप नियन्त्रणमा सहयोग गर्ने, फ्याट बढ्न नदिने, क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा यसले सहयोग गर्छ ।