साप्ताहिक संवाददाता
चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछाने शनिवार राती आफ्नो फेसबुक एकाउन्टबाट लाइभमा आए । त्यसो त उनी आफ्नो चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ प्रशारण हुनुभन्दा केहि मिनेट अघि सधैजसो लाइभमा आउने गर्छन् । तर, यसपटक उनी अलिकति फरक विषयका साथ लाइभमा देखिए ।
आज साँझ एउटा टिजर भिडियोमा मैले अलिकति भनिसकेको छु । खास गरेर चितवनमा दर्शकहरुको अतुलनिय माया पाइएको थियो, उनले लाइभमा भनेका छन्, ‘त्यतिबेला जुन किसिमको सहयोग पाइएको थियो । त्यतिबेलाकै जिम्मेवारीका रुपमा ग्रहण गरेर केहि फरक गर्दैछौं । केहि विशेष गर्दैछौं ।’
धेरैले राजनितीको रुपमा रबि लामिछाने आउन अनुमान लगाएका छन् । कतिपयले अरु पनि अनुमान गरेका छन् । तर, लामिछानेले आफ्नो टिमको अनुरोधमा यो रहस्य अहिले खुलाउन नसकेको र केहि दिनमै सम्पुर्ण विषयको खुलासा हुने जनाए । उनले भने, ‘टिजरलाई अहिले टिजरकै रुपमा लिन टिमले उक्त विषयमा अहिले खुलाउन अनुमती दिएको छैन ।’
त्यसो त केहि दिनअघि ‘एसआरबिएन’ मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रबि लामिछानेसहितको तस्विर सार्वजनिक गर्दै उक्त कम्पनीले केहि फरक र विशेष गर्न लागेको जनाएको थियो । उक्त तस्विर सार्वजनिक भएपछि लामिछानेले पुनः के गर्न लागेका हुन् भनेर दर्शकमाँझ कौतुहलता जागेको छ ।
यस्तो छ उनले सार्वजनिक गरेको टिजर