साप्ताहिक संवाददाता
मंसिर २२, २०७६
हलिउड अभिनेत्री केटी प्राइस अचानक सडकमा आइपुगेकी छिन् । लन्डनको एउटा अदालतले उनलाई ‘बैंक करप्ट’ घोषित गरिदिएको छ । उनले चेतावनीका बावजुद बैंकको हजारौं पाउन्ड ऋण चुक्ता गरेकी थिइनन् । उनीमाथि बैंकको कुल कर्जा ६ सय करोड रुपैयाँभन्दा बढी छ । पाँच सन्तानकी आमा तथा मोडल केटीले आफ्नो ससेक्सस्थित मकी मेन्सन नामको आलिशान बंगलासमेत गुमाउने सम्भावना छ ।
केटी प्राइसले उक्त बंगला सन् २०१४ मा करिब १३ लाख युरोमा किनेकी थिइन् । उक्त बंगलाको हालको मूल्य १६ लाख युरोभन्दा बढी हुने बताइन्छ । बैंकको ऋण चुक्ता नगरेको आरोपमा उनको यो बंगला नै लिलामीको प्रक्रियामा छ । यसैलाई बेचेर यी अभिनेत्रीद्वारा लिइएको ऋण चुक्ता गर्ने बैंकको योजना छ ।