साप्ताहिक संवाददाता
मंसिर २२, २०७६
अमेरिकाको टेक्सासस्थित फोर्ट वर्थ जुमा ओलाफ नामक भ्यागुता प्रजातिको नयाँ बच्चा जन्माइएको छ । मिसिसिपी स्टेट युनिभर्सिटीको सहकार्यमा जन्माइएको उक्त बच्चालाई इन–भिट्रो फर्टिलाइजेसन अर्थात् कृत्रिम गर्भाधान प्रविधिबाट जन्माइएको हो ।
यसलाई ६ वटा जंगली भ्यागुताको वीर्यलाई दुईवटा अर्को भ्यागुताको अण्डासँग मिसाएर जन्माइएको हो । प्युर्टोरिकोमा रहने यी भ्यागुता प्रजाति संकटापन्न अवस्थामा छन् र यिनको संरक्षणका लागि यो नयाँ प्रविधि निकै उपयोगी हुने अनुमान गरिएको छ । केवल ६ ग्रामको ओलाफको आजकाल निकै चर्चा चुलिएको छ ।