साप्ताहिक संवाददाता
मंसिर २३, २०७६
गायक बादल लिम्बू तथा गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । बादल लिम्बूको संगीतमा ‘बोलाउ तिमी’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक उक्त गीत भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।
‘बोलाउ तिमी’ गीतको भिसिडयो रोमान्टिक शैलीमा निर्माण गरिएको छ । भिडियोमा लक्षु शर्मा, प्रकाश शर्मा र अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेका छन् ।
बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बू सहायक निर्देशक हुन् । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन छ ।
गीतको म्यूजिक भिडियो :