साप्ताहिक संवाददाता
बलिउड चलचित्रकी चर्चित पाश्र्व गायीका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अस्पताल भर्ना भएको २८ दिनपछि उनी घर फर्किएकी हुन् ।
झण्डैँ एक महिनापछि घर फर्किएकी लतालाई उनका फ्यान र आफन्तले भव्य स्वागत गरेका थिए । अब भने उनको परिवारले केहि समय आफन्त, फ्यान तथा समग्र सुभचिन्तकहरुलाई केहि समय भेटघाटमा रोक लगाउने भएको छ ।
नोभेम्बर ११ मा अस्पतालमा भर्ना भएकी लता यसअघि केहि दिनको अस्पताल बसाइपछि घर फर्किएकी थिइन् । तर, त्यतिबेला पुर्ण रुपमा निको हुन नसकेपछि परिवारले उनलाई पुनः अस्पताल भर्ना गरेको थियो । उनको फोक्सोमा गम्भिर संक्रमण भएपछि पटक पटक उपचार भैरहेको छ ।
यसैबिच घर फर्किएपछि गायीका लताले एक ट्विट गरेकी छन् । उनले भनेकी छन्, ‘नमस्कार । पछिल्लो २८ दिनदेखि म ब्रीच कैंडी अस्पतालमा थिएँ । मलाई निमोनिया भएको थियो । डाक्टरले चाहेका थिए की म पुरै ठिक भएर घर फर्किनुपर्छ । आज म घर फर्किएकी छु । इश्वर, माई बाबाको आर्शीवाद तथा तपाईहरु सबैको माया र प्राथनाले म अहिले ठिक भएकी छु । तपाईहरु सबैलाई मनैदेखि आभार व्यक्त गर्दछु ।’