साप्ताहिक संवाददाता
मंसिर २४, २०७६
गायिका जमुना शर्मा नयाँ गीत लिएर आएकी छिन् । उनले हालसालै ‘कानैमा झुम्का’बोलको गीत सार्वजनिक गरेकी हुन् । महेश ज्ञवालीको शब्द तथा संगित रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
म्यूजिक भिडियोमा अरुणी वाईवा र सन्तोश बानियाँ जोडीका रुपमा प्रस्तुत भएका छन् । गीतको म्यूजिक भिडियो दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।
भिडियोमा अर्जुन सापकोटाको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । सन्तोष बानियाँले यसै भिडियो मार्फत मोडलिङमा पाइला राखेका हुन् ।
गीतको म्यूजिक भिडियो :