साप्ताहिक संवाददाता
मंसिर २४, २०७६
काठमाडौं
भारतीय टेलिभिजनका चर्चित टेलिभिजन प्रस्तोता तथा लोकप्रिय कमेडियन कपिल शर्मा बिहे गरेको एक बर्षपछि बाबु बनेका छन् । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको खुलासा गरेका हुन् ।
सन्तानको जन्म दिएसँगै कपिललाई बलिउड कलाकार तथा उनका फ्यानहरुबाट बधाईको ओइरो आइरहेको छ । कपिलले गतबर्षको डिसेम्बरमा गिन्नीसँग बिहे गरेका थिए ।
‘कपिल शर्मा शो’बाट संसारभरका दर्शक तान्न सफल उनको यो कार्यक्रममा बलिउडका अधिकांश कलाकार आइसकेका छन् । कलाकारहरु बनेका जो कोहिलाई पनि यो कार्यक्रममा उपस्थित हुने ठुलो सपना हुन्छ ।
बलिउडका सबैभन्दा लोकप्रिय कमेडियन कपिलले पहिलो सन्तानको जन्म भएसँगै आफु र उनकी धर्मपत्नी गिन्नी निकै खुसी रहेको समेत बताएका छन् । साथै, यो अवसरमा आफ्ना सुभेच्छुकहरुबाट आर्शिवाद पाउने समेत उनले आशा राखेका छन् ।