साप्ताहिक संवाददाता
एसिड आक्रमणका घटना कुनै नौला होइनन् । नेपालमा पनि पछिल्ला बर्ष यो घटना बढिरहेको प्रहरीको तथ्यांक छ ।
सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रमण भएको थियो । उक्त घटनामा माल्ती नाम गरेकी एक यूवती छ्यापिएकी थिइन् । उनै युवती र उक्त घटनामा केन्द्रित रहेर निर्माण भएको बलिउड चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक गरिएको छ ।
अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो चलचित्र सन् २०२० को डिसेम्बर १० मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको आज सार्वजनिक ट्रेलरमा माल्तीको भूमिकामा दीपिका पादुकोण देखिएकी छिन् । उनले चलचित्रमा निकै राम्रो काम गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । एसिड आक्रमणपछि उनको संघर्ष र सफलतालाई चलचित्रमा देखाउन खोजिएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
सार्वजनिक ट्रेलरलाई निकै मन पराइएको छ । युट्युबमा आएका अधिकांश कमेन्ट सकारात्मक छन् ।
मेग्ना गुल्जारको निर्देशनमा बनेको चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन् ।