साप्ताहिक संवाददाता
अबको तिन दिनपछि अर्थात डिसेम्बर १४ मा लण्डनमा हुने ‘मिस वल्र्ड’को फाइनल प्रतियोगीताले एकजना विश्व सुन्दरी छान्नेछ । त्यसका लागी नेपालबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् ।
संसारका १ सय २४ देशबाट भाग लिएका सहभागीहरुसँग निकै रोचक प्रतिस्पर्धा हुँदैछ । उक्त प्रतियोगितामा अनुष्का उत्कृष्ट ४० मा पुगेकी छिन् । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उनी टप ४० मा पुगेकी हुन् ।
अनुष्काले इन्डोनेशिया र मेक्सिकन सुन्दरीसँग पहिलो र दोस्रो चरणको ‘हेड टू हेड’ च्यालेञ्ज गरेकी थिइन् ।
उत्कृष्ट १६ मा पुग्ने सम्भावना
नेपालका लागी मिस वर्डको प्रतिनिधित्व गरिरहेकी अनुष्का मल्टिमिडिया एवार्डको पनि दावेदार हुन् । यो एवार्ड प्राप्त गर्नका लागी भोटिङको आधारमा जसले धेरै भोट ल्याउँछ, उसले जित्नेछ । यो एवार्डको टप ३ मा अनुष्का परिसकेकी छिन् । मल्टिमिडिया एवार्डमा उनको प्रतिस्पर्धा मंगोलिया र मेक्सिकोकी सुन्दरीसँग हुनेछ । त्यस्तै, ‘व्यूटी विथ पर्पोज’को उत्कृष्ट १० को सिट उनले सुरक्षित बनाइसकेकी छिन् । उनले यो विधा जितिन्े भने मिस वल्र्डको उत्कृष्ट १६ मा पुग्ने निश्चित छ । लामो समयदेखि मिस वल्र्डमा भाग लिइरहेपनि केहि महत्वपुर्ण एवार्डबाहेक विश्व सुन्दरीको ताज भने नेपालले अहिलेसम्म घर ल्याउन सकेको छैन ।