साप्ताहिक संवाददाता
चलचित्र निर्देशक समाजको अध्यक्षका लागि दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । ‘आवाजको दुनियाँको साथी’ उपनामले परिचित डिसी २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचनमा अध्यक्ष भएका थिए ।
आफ्नो उम्मेरद्वारी बारे डिसीले भनेका छन् ‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैंले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई उहाँहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुको आग्रह लाई स्विकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।’
मंसिर २८ गते हुने निर्वाचनमा उनी दोस्रो पटक उम्मेदवारी दिन लागेका हुन् ।