साप्ताहिक संवाददाता
मंसिर २६, २०७६
मंसिर महिना सकिनै लाग्दा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो बेहुली बन्ने रहर सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा दुलहीको भेषमा सजिएको तस्बिरमा क्याप्सन लेख्दै आफूलाई बेहुली बन्ने रहर लागेको अभिव्यक्ति व्यक्त गरेकी हुन् ।
नीताले फेसबुकमा लेखेकी छिन् ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ ।’ नीताले कुनै अज्ञात व्यक्तिको घरमा बेहुली भएर आउन मन लागेको उल्लेख गरेकी छिन् ।
नीताको यो स्टाटसलाई धेरैले उनको मनसँग जोडेर हेरेका छन् । नीताको मनमा विवाहको हुटहुटी भएका कारण उक्त स्टाटस पोष्ट गरेको बताएका छन् ।