नेपालमा गएको महामारी भुकम्पपछि सहयोग गर्ने हेतुले हङकङबाट शुरु भएको ‘हामी उठ्ने छौँ’ अभियानले आफ्नो नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै शुरु गरिएको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज कम्पिटिसनको सफलता पछि दोश्रो संस्करणको लागि तयारी थालिएको हो ।
पहिलो संस्करणमा आफ्नो वरपरी पर्यटकीय सम्भावना बोकेको विभिन्न बिषयबस्तुहरु बारे ५ मिनेटको भिडियो बनाएर प्रतियोगितामा सहभागीहरु सामेल भएका थिए । कुल १ सय ३२ सहभागी भिडियोहरु मध्ये ८ विधाका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
दोश्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिताको लागि हङकङमा च्यारिटी करी लञ्च २०२० को आयोजना गरिएको छ । हामी उठ्ने छौँ (वि विल राईज) फाउन्डेशनका संस्थापक तुलसीकुमार गुरुङ भन्छन् ‘जुनै कार्यक्रम गर्नका लागि पनि आर्थिक पक्ष सवल हुन आवश्यक छ ।’
हङकङबाट शुरु भएको यो अभियानको अर्का उत्कृष्ट कार्यक्रममा, यहिबाट आर्थिकरुपमा सहयोग संकलन गर्ने प्रयास गरिएको हो । भिजिट नेपाल २०२० को प्रसंग चलिरहेको अवस्थामा हङकङमा रहेका डिप्लोमेसी र स्थानिय चाईनिजहरुसँग अन्र्तक्रियासँगै च्यारिटीका लागि कार्यक्रमको आयोजना गरेका हौँ ।
कार्यक्रममा नेपाली र विदेशीहरुको उल्लेखय उपस्थित रहने र अग्रिम बुकिङ्को लागि सवैलाई अपिल गरिएको संयोजक रक्स गुरुङ बताउँछन् ।
दोश्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिताका लागि सहभागीहरुले मार्च ९ सम्म भिडियो पठाईसक्नु पर्नेछ । प्रतियोगीहरुले फाउण्डेशनको आधिकारिक वेवसाईटमा रजिष्ट्रेशन फर्म भरेर गुगल ड्राईभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायकबाट आएको भिडियोहरुमध्ये १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयनमा पर्नेछन् । मनोनयनमा परेका भिडियो मध्ये १० उत्कृष्ट भिडियोलाई पुरस्कृत गरिनेछ ।