साप्ताहिक संवाददाता
मंसिर २६, २०७६
टिकटकमा भाइरल बनेकी सुन्दरी हुन् –उषा उप्रेती । टिकटकमा करिब ४ लाख फलोअर्सकी धनी उषाले प्रेमी सागर थापासँग गरेको रोमान्सका दृश्यहरुले अहिले चर्चा पाइरहेको छ । प्रसंग हो अष्ट्रेलियामा रहेका गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत प्रेम कहानीको म्यूजिक भिडियोको ।
सुन्दरी उषा र ह्इाण्डसम मोडल सागरको अभिनय रहेको गीत प्रेम कहानी बजारमा आएको छ । गीतको म्यूजिक भिडियो निर्देशन तथा सम्पादन प्रबिन भट्टले गरेका हुन् । अनिल के मानन्धर र करन चैसरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।
गायक स्वयमको शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :