मसिंर २७ देखि पुष ३ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर २७, २०७६

पुस १ गते संक्रान्ति । 

मेष  : 

अरूको विश्वासमा पर्दा गोप्य सूचना बाहिरिन सक्छ । विशिष्ट व्यक्तित्वको प्रेरणाले ऊर्जा प्राप्त भई बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । रात्री सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने छ ।  

वृष : 

लगनशीलताले विविध अवसर प्राप्त हुनेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । प्रेममा अविश्वास जाग्न सक्छ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्न सक्छ । भोजभतेरमा सहभागीमा पुराना मित्रसँगको भेटले थप मनोरञ्जन दिलाउनेछ । 

मिथुन : 

साता खर्चिलो रहनेछ । परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुनसक्छ । लगानीका अवसर आए तापनि सञ्चित धनको खर्च हुनेछ । आध्यात्मिक चिन्ताले मठ मन्दिरमा भ्रमण गर्न मन लाग्नेछ । ध्यान योग कसरततर्फ उत्सुक हुँदा शान्ति मिल्ला ।

कर्कट : 

प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई उछिन्न सकिनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । सिर्जनात्मक कामले धेरैको मन लोभ्याउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्न सक्छ । विद्ववानहरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त हुनेछ ।    

सिंह  : 

प्रतिस्पर्धाले अध्ययनमा प्रगति गराउनेछ । खर्चको मात्रा बढे पनि धेरै आवश्कता पूरा हुनेछन् । केही दौडधुप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाडिए पनि नयाँ साथी फेला पर्न सक्छन् ।  

कन्या : 

प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउान सकिनेछ । विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । सोमबार र मंगलबार आफन्तहरूसँग मनमुटाव हुनेछ । 

तुला  : 

विशेष जमघटको फाइदा उठाउँदै साथीहरूको मन लोभिने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । बलजफ्ती गर्नाले परिस्थिति प्रतिकूल हुने सम्भावना छ । काममा अरूले नै अधिकार जमाउन सक्छन् । सानै प्रयत्नले लक्ष्मा पुर्‍याउन सक्छ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आन्नद उठाउन पाइनेछ । साताको अन्त्यमा भ्रमणमा जान सकिनेछ । 

वृश्चिक : 

रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । खर्च बढ्नाले आइतबारपछि आर्थिक अभावको अनुभूति हुनेछ । साताको अन्त्यमा टाडाका साथीभाइसँग वनभोज तथा मनोरञ्जनमा सरिक भइनेछ । 

धनु  : 

आकर्षक पहिरनमा ठाटिएर अरूको मन लोभ्याउन सकिनेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ ।  प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । बाधाहरू स्वत: हट्नेछ । चिसो समयमा यात्रा गर्दा स्वास्थको हेक्का राख्नुपर्छ ।   

मकर : 

आँटेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले प्रतिस्पर्धीको दौडमा जित दिलाउनेछ । भैतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । आर्थिक पक्ष सबल रहनुका साथै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । अधिकार र प्रतिष्ठा जोगाउन गोपनियतामा ध्यान पुर्‍याउनुपर्छ ।  

कुम्भ : 

श्रमको मूल्यांकन राम्रै भए पनि प्रतिकूल हात पार्न केही समय लाग्नेछ । आम्दानीभन्दा बढी खर्च हुन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर भने जुट्नेछ । हुलमुलमा धनमाल जोगाउन शतर्क रहनुहोला । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले कृति राख्ने अवसर प्रदान गर्नेछ । 

मीन : 

उपलब्धि देखाएर धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्या सुल्झाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ । परिस्थितिले सञ्चित धन खर्च भई आर्थिक संकट आइपर्न सक्छ हेक्का राखी रकम विनियोजन गर्नुपर्नेछ ।

प्रकाशित :मंसिर २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×