साप्ताहिक संवाददाता
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द/संगीत सुन्न सुकिन्छ । सार्वजनिक भएको छोटो समयमानै लोकप्रिय बनेको यो गीत सोनम तोप्देन र अस्मिता अधिकारीले गाएका हुन् ।
गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा चलचित्रका शिर्ष कलाकार पूजा शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडी ‘म यस्तो गीत गाउँछु’मा नै रुचाइसकेको जोडी हो ।
शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकार पनि शिर्ष भूमिाकाम देखिने छन् । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् ।
रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौं बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् । च
चलचित्रको स्थानिय व्यवस्थापकको रुपमा केवल तामाङ र हरि गुरुङ छन् । यो चलचित्र फागूणको २३ गतेबाट नेपालभर रिलिज हुनेछ । चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
गीतको भिडियो :