साप्ताहिक संवाददाता
मंसिर २९, २०७६
बेलायतमा सम्पन्न भएको यो वर्षको मिस वल्र्डको शिर्ष उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले उचालेकी छिन् । उनलाई अघिल्लो सिजनकी मिस वल्र्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् ।
यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन रावले सफलता हासिल गरे ।
मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वल्र्ड’ २०१९ मा ब्युटी विथ प्रपस’ अवार्ड जितेकी छन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।
६९ औँ मिस वल्र्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो । कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । मिस वल्र्ड २०१९ को सुरुवात नोभेम्बर २० बाट भएको थियो ।