साप्ताहिक संवाददाता
चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनी ४५ भोट प्राप्त गरेर विजयी बनेकी हुन् ।
उनका प्रतिद्धन्द्धी सुचित्रा श्रेष्ठले ४४ लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ भोट प्राप्त गरेका थिए । २१७ जना मतदाता रहेको निर्देशक समाजको निर्वाचनमा १३४ जनाले मात्रै मतदान गरेका थिए ।
उपाध्यक्ष पदमा राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती विजयी भएका छन् । यस्तै, महासचिव पदमा भने जनकदिप पराजुली विजयी भएका छन् । सचिव पदमा अरुण कुमार प्रधान विजयी हुँदा कोषाध्यक्ष पदमा समुन्द्र भट्ट निर्विरोध विजयी भएकी थिइन् ।
सह–कोषाध्यक्ष पदमा हरि सिलवाल विजयी भएका छन् । सदस्य पदमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पूर्जा र सुरेश न्यौपाने विजयी भएका छन् ।