साप्ताहिक संवाददाता
मंसिर २९, २०७६
कलाकार गजित बिष्ट रावण अवतारमा प्रस्तुत भएका छन् । मनिष वशिष्टले तयार पारेको रावण स्तुतिगानमा उनले रावणको भूमिका निर्वाह गरेका हुन् । मनिष वशिष्टले नै संगीत गरेको उक्त स्तुतिगानमा मनिष वशिष्ठ र सजन न्यौपानको स्वर सुन्न सकिन्छ ।
सार्वजनिक स्तुतिगानमा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गरिएको छ । गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् ।
नवराज उप्रेतीको सिनेमेटोग्राफी, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा भिडियो तयार पारिएको छ ।
स्तुतिगानको भिडियों