साप्ताहिक संवाददाता
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । गएराती साढे १० बजेको समयमा उनको उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
एकाएक स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई पविारले ओम अस्पताल लगेको थियो । तर, अस्पताल नपुग्दै उनको बाटोमै निधन भएको हो । अस्पताल पुराएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
चलचित्र यात्रा, आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पललगायत धेरै हिट चलचित्र दिएका उनले धेरै चलचित्रमा अभिनय समेत गरेका छन् । उनी गत ३ दशकदेखि चलचित्र उद्योगमा सक्रिय थिए ।
एक बर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए । केहि कामको प्रारम्भ भएको थियो भने केहि कामको सुरुवात हुने चरणमा थियो ।
उनको निधन के कारणले भएको थियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
भट्टराईप्रति कान्तिपुर पव्लिकेशन्स हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।