साप्ताहिक संवाददाता
मंसिर ३०, २०७६
चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ । यो चलचित्रले प्रेमकथामा भन्ने बताइएको छ ।
मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरविना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।
संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गरिने निर्देशक अधिकारीले बताएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायत विषय यो चलचित्र समावेश हुने छन् ।
चलचित्रको कथा पनि निर्देशक अधिकारीले नै लेखेका छन् ।