साप्ताहिक संवाददाता
पुस १, २०७६
गायिका रानी शाक्यको नयाँ गीतको म्यूजिक भिडियो सहित सांगीतिक बजारमा आएकी छिन् । ‘हरपल तिम्रो’बोलको सार्वजनिक गीतमा अरुण तिवारीको शब्द तथा बिक्रम थापाको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेकी छिन् । बैंशालु उमेरकी एक युवतीको चञ्चल प्रेमील सम्झनालाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतको म्यूजिक भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा वर्षाका प्रेमीका रुपमा जीवन आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रेहेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :