साप्ताहिक संवाददाता
आईफोन–११ प्रो
पाँच महिनाअघि सार्वजनिक गरिएको आईफोन–११ प्रो यो वर्षकै सबैभन्दा राम्रो ग्याजेट सावित भएको छ । एप्पलले यो फोनमा ३ वटा क्यामेरा राखेको थियो भने यसको क्वालिटीमा पनि विस्तार गरेको थियो । त्यस्तै यो फोनमा ब्याट्री, भिडियो क्वालिटी तथा फोटोका लागि नाइट मोडको पनि व्यवस्था गरिएको थियो । प्रयोगकर्ताहरूका लागि यसको मूल्यले पनि आकर्षित गरेको थियो ।
वाटरप्रुफ वायरलेस स्पिकर
यो वर्ष वोन्डरबुम–२ को वाटरप्रुफ वायरलेस स्पिकरले पनि राम्रो स्थान पायो । वाटरप्रुफको यो स्पिकरको विशेष गरी लुक्स, पानीभित्र पनि बजाउन मिल्ने तथा यसको ३६० डिग्री अडियो क्षमताले गर्दा मानिसको रोचाइमा पर्न सफल भयो । त्यस्तै यसको १३ घण्टासम्म चल्ने क्षमता भएको ब्याट्री पनि मन पराउनुको कारण रहेको छ ।
फिटनेस स्मार्टवाच
मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै तयार पारिएको फिटबिट भर्सा कम्पनीको फिट्नेस स्मार्टवाचले यो वर्ष पाएको प्रतिक्रिया राम्रो छ । कम्पनीले वाचमा मानिसको तापक्रम, हार्ट रेट, तौल, हिँडाइको चाल तथा ब्लडको प्रेसरजस्ता फिचरलाई समावेश गरेको छ ।
पिक टेक पाउच
यात्रुहरूलाई भनेर निर्माण गरिएको पिक डिजाइन टेक पाउच यो वर्ष ट्राभल गर्न रुचाउनेहरूको रोजाइमा पर्यो । यो झोलामा घुमफिरमा रहेका बेला प्रकृतिका रमाइला तथा रोचक दृश्यहरू कैद गर्न ससाना ग्याजेटहरू राख्न मिल्ने हिसाबले तयार गरिएको थियो, जुन वाटरप्रुफ थियो ।
वायरलेस इयरबड्स
क्यामरिजको अडियो मेलोमनिया वायरलेस इयरबड्स यो वर्ष इयरफोनका रूपमा धेरै प्रयोग गरियो । प्रयोगकर्ताहरूले यसको अडियो क्वालिटी, वायरलेस टोन, वाटर रेजिसटेन्स तथा ब्याट्रीको टिकाउ क्षमता रुचाएका थिए ।
ग्यालेक्सी नोट–१० प्लस
मोबाइल फोन प्रयोगकर्ताहरूमाझ यो वर्ष सार्वजनिक भएको फोन स्यामसङ ग्यालेक्सी नोट–१० ले पनि राम्रो स्थान पायो । एन्ड्रोइड लभरहरूका लागि यो फोनको क्यामेराको क्षमता, अडियो साउन्ड, डिजाइन, फोनको यास पेन तथा अन्य फिचरहरूले मन जितेको थियो ।
प्रो टेबल फोटो प्रिन्टर
एच पीको यो फोटो प्रिन्टर निकै स्टाइलिस फोटो प्रिन्टर ग्याजेट मानिएको छ । यो प्रिन्टरबाट २ दशमलव ३ बाइ ३ इन्चको फोटो निकाल्न सकिन्छ । यो प्रिन्टर ब्लुटुथबाट स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ । मोबाइलमा स्परकेट एपको प्रयोग गरेर यो प्रिन्टरबाट फोटो प्रिन्ट गर्न मिल्नेछ ।