साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम र रोमान्सका बारेमा थाहा नहुने कमै होला । इन्गेजमेन्ट समेत गरिसकेको यो जोडी प्राय: हरेक ठाउँमा सँगै देखिने गर्छ । विवाहको तयारीमा रहेको यो जोडी पछिल्लो केहि समय यता सँगै देखिएको छैन् ।
अधिकांश सार्वजनिक कार्यक्रममा सँगै देखिने यो जोडीलाई सँगै नदेखेपछि उनीहरुको सम्बन्धमा खटपट आएको भन्न थालिएको छ । फिल्मी बजारमा उनीहरुको सम्बन्धलाई लिएर चर्चा चल्दै गर्दा अभिनेत्री प्रियंका कार्कीले आयुष्मानलाई सम्बोधन गर्दै लामो स्टाटस लेखेकी छिन् ।
आयुष्मानको जन्मदिनमा प्रियंकाले प्रेमभाव व्यक्त गर्दै लेखेकी छिन् ‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।’
प्रियंकाले आयुष्मान आफूसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति नभएको पनि उल्लेख गरेकी छिन् । उनले अगाडी लेखेकी छिन् ‘तिमीपनि पहिलो व्यक्ति होइनौ जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोकेका व्यक्तिहरु हौं ।’