साप्ताहिक संवाददाता
पुस ३, २०७६
सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ को तेस्रो सिजन आजबाट सुरु हुने भएको छ । उक्त शोको अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो ।
पहिलो सिजनबाटै लोकप्रिय नेपाल आइडलको यो सिजनमा पनि अघिल्ला २ सिजनका निर्णायक न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहने छन् । यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा भने यो सिजनमा देखिने छैनन् । रिमा ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्ती देखिने आयोजकले जनाएको छ ।
कार्यक्रम राति ८:३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ । ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओडले प्रतियोगीताको शिर्ष ताज जितेका थिए ।