साप्ताहिक संवाददाता
प्राय सबैजसो शहरी भान्सामा हरेक दिन केहि न केहि मात्रामा गोलभेडा भित्रने गर्छ । भान्सामा पाक्ने तरकारीको स्वाद मिठो बनाउँनका लागि प्रयोग गरिने गोलभेडाको अचार पनि उस्तै मिठो हुन्छ ।
गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियमको मात्रा पर्याप्त हुने हुनाले स्वास्थ्यका हिसावले पनि लाभदायक नै मानिन्छ ।
गोलभेडाले मानिसको छालालाई चम्किलो बनाउँछ । गोलभेडाको प्रयोग कोलेस्ट्रोल कन्ट्रोलका लागि पनि महत्वपूर्ण मानिन्छ । अचार तथा तरकारीमा प्रयोग गरिने गोलभेडाको जुस बनाएर खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । गोलभेंडाको जुसले तपाईको हराएको शरीरको ऊर्जालाई ल्याउछ ।
यदि तपाई थकान महशुस गर्नु भएको छ भने उर्जा ल्याउन गोलभेडाको जुस पिउनुहोस् । यसको सेबनले रक्तसञ्चारलाई सन्तुलनमा ल्याउछ । जुस पिउँदा शरीरको वजन पनि कम गर्छ । यसले शरीरमा भएको बोसो घटाउन मद्दत गर्छ ।