साप्ताहिक संवाददाता
पुस ३, २०७६
नेपाली कथानक चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलर हेर्दा चलचित्रले आम दर्शकको आँखा रसाउने देखिएको छ ।
सार्वजनिक ट्रेलरले हस्पिटल ड्रामा चलचित्रको मुख्य कथा भएको स्पष्ट पारेको छ । ट्रेलरमा सरकारी अस्पतालको अवस्था, ब्यासायिक संस्थामा परिणत भएका निजी अस्पताल, सरकारी अस्पतालबाट निजी अस्पतालमा विरामी लैजाने एम्बुलेन्स चालक तथा परिवन्दमा परेका विरामीको अवस्था देखाइएको छ ।
फागुन ९ गते रिलिज हुने चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा र सरिता गिरीलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । दीपेन्द्र के खानालले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक स्वयम्ले लेखेका हुन् । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।
ट्रेलर :