पुस ५ गते दिशीपूजा । ६ गते सफला एकादशी । ९ गते क्रिसमस । १० गते खण्डग्रास सूर्यग्रहण ।
मेष
दैनिक कार्य ओझेलमा पर्न सक्छन् । त्यसमा तदारुकताको जरुरत पर्नेछ । तपाईंबाट साथीहरूले आर्थिक सहयोग तथा सापटीको अपेक्षा राखेका छन् । परिस्थितिलाई अनुसरण गरी अघि बढ्नुहोला । साताको अन्त्यमा विशिष्ट व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । पहेंलो वस्त्रको पहिरनबाट उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।
वृष
इच्छाएको जिम्मेवारी प्राप्त हुँदा थप मेहनतको खाँचो पर्नेछ । विपक्षीले आफ्ना त्रुटि औंल्याउन सक्छन् । सकारात्मक रूपमा कमजोरीलाई आत्मासात् गर्न सके उचाइमा पुगिनेछ । विदेश भ्रमणमा सहभागी हुँदा अवसर र चुनौती दुवै आइलाग्न सक्छ । खराब नियत भएकाहरूबाट टाढै रही प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोला ।
मिथुन
होस नपुर्याई निर्णय गर्दा ससाना कुरामा आलोचित हुनुपर्नेछ । त्यसले आफ्नो मर्यादामा चोट पुग्न सक्छ । नयाँ अवसरमा प्रतिस्पर्धा गर्दा सफलता हात पर्न सक्छ । कर्मचारी वर्गले यो साता विशेष ध्यान पुर्याउनुपर्नेछ । नयाँ मित्रहरू आफूप्रति आकर्षित हुँदा संयमता तथा बोलीको मधुरताले नै उचाइमा पुर्याउनेछ ।
कर्कट
साताको सुरुका दिनहरू मनोरञ्जक हुनेछन् । मध्यतिर घरायसी तथा अफिसयल दुवैतर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारिक सदस्यहरूले मन दुखाइमा हेक्का राखी साथ दिएमा उचित हुनेछ । पुख्र्यौली धन खर्च गरेर सवारी साधन खरिद गर्ने अवसर जुट्ने सम्भावना छ । साताको अन्त्यमा चिसोबाट टाढै रहँदा बेस हुनेछ ।
सिंह
साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ । नम्र भई जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्याउनेछ । शारीरिक आलस्यताले महत्त्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । खानपान तथा भोजभतेरमा सामेल हुँदा स्वास्थ्यप्रति ख्याल गर्नुपर्नेछ ।
कन्या
अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कार्यहरूको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला, पछि परिनेछ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमता अपनाउनुपर्नेछ ।
तुला
प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । प्रतिफल हात पार्न ठूलै प्रयत्न गनुपर्नेछ । सोचेजस्तै नतिजा प्राप्त गर्न इँटा रंगको पहिरन रोज्नुहोला । वृद्धवृद्धा तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । मेहनत गरी रचनात्मक कार्य गर्दा अरूको मन जित्न सकिनेछ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुस हुनेछ ।
वृश्चिक
आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोमबारदेखि शुभचिन्तकहरूको साथ र विद्वान्हरूको सहयोग जुट्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन लगनशीलताको जरुरत पर्नेछ । अभिव्यक्ति कलामा निखार आउनुका साथै सिर्जनशील रचनाले धेरैको मन लोभ्याउन सकिनेछ ।
धनु
कार्यमा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धन आर्जन गर्न सकिनेछ । कला तथा साहित्यमा मन रमाउनेछ । बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । हठ गर्ने बानीले परिवारमा मनमुटाव ल्याउन सक्छ । परिस्थतिलाई बेवास्ता गर्दा व्यावहारिक झमेला आइलाग्न सक्छ ।
मकर
रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । सेतो पहिरन अवलम्बन गर्दा सानो मेहनतले सही मार्ग पहिल्याउन सहज हुनेछ ।
कुम्भ
सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । साथीसंगीमाझ चर्चित भइनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । बोलीमा थप प्रभाव पार्न सुनौलो रंग हितकर हुनेछ । मनोरञ्जनमा सहभागी हुँदा चिसोको ख्याल राख्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै रहनु उचित हुनेछ ।
मीन
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मित्रता र प्रेमको गाँठो कसिन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ । आर्थिक पक्ष सबल रहनुका साथै भौतिक सुखका साधन जुट्नेछन् । आफ्नाका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विशेष उपहारका साथ साथीहरू भेट्न आउन सक्छन् ।